वाइडबडी जहाज खरिदमा भ्रष्टाचारः पूर्वमन्त्री शाहीसहित ३२ जना विरुद्ध मुद्दा



काठमाडौं,चैत २२ । वाइडवडी जहाज खरिदमा भ्रष्टाचार भएको भन्दै मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा पूर्व पर्यटनमन्त्री सहित ३२ जनालाई प्रतिवादी बनाएर भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

नेपाल वायुसेवा निगमले २ वटा बाइडबडी जहाज खरिद गर्दा करिब डेढ अर्ब रुपैयाँ भ्रष्टचार गरेको भन्दै अख्यिारले मुद्दा दायरगरेको छ । अख्तियारले वाइडबडी खरिदमा १ अर्ब ४७ करोड रुपैयाँ भ्रष्टाचार भएको दाबी गरेको छ ।

अख्तियारले पूर्व पर्यटनमन्त्री जीवनबहादुर शाही, नेपाल वायुसेवा निगमका पूर्व महाप्रबन्धक सुगत कंसाकार, पूर्व पर्यटन सचिव शंकर अधिकारीसहित ३२ जनालाई प्रतिवादी बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्