दलको सदस्यता नत्यागे शिक्षकलाई कारबाही गर्ने शिक्षा मन्त्रीको स्पष्टोक्ति



काठमाडौँ,चैत २३। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले राजनीतिक दलको सदस्यता नत्याग्ने शिक्षकलाई कारबाही गरिने बताएकी छन्। त्यसको लागि सार्वजनिक रूपमा आह्वान गरिएको र त्यस्ता शिक्षकहरूका बारेमा सूचना दिन आह्वान गरिएको बताइन् । 

कार्यभार सम्हालेको एक महिना पुगेको अवसरमा आयोजित पहिलो पत्रकार सम्मेलनमा उनले शिक्षकहरूलाई राजनीतिक दलको सदस्यता त्याग गर्न आग्रह गरिएको बताइन्। 

‘शिक्षालाई दलीय राजनीति मुक्त क्षेत्र बनाउन राजनीतिक दलमा आबद्ध शिक्षकलाई दलीय सदस्यता त्याग्न आह्वान गरेका छौ। जनतालाई दलमा सक्रिय शिक्षकबारे उजुरी गर्न सार्वजनिक आह्वान गरेका छौ। र कारबाही गर्न कार्यविधिबारे स्पष्टता ल्याइएको छौँ’ उनले भनिन्। 

प्रतिक्रिया दिनुहोस्