नुवाकोटमा ‘प्रथम पञ्चकन्या व्यापार, कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सव’ शुरु



नुवाकोट,चैत २३। जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर २ बोजिनी फाँटमा ‘प्रथम पञ्चकन्या व्यापार, कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सव’ शुरु भएको छ ।

पञ्चकन्या गाउँपालिका वडा नम्बर २ को आयोजनामा सो महोत्सव शुरु भएको आयोजकले जनाएको छ । शुक्रबारदेखि शुरु भएको मेला यही वैशाख ३ गतेसम्म लाग्नेछ ।

महोत्सव उद्घाटन सत्रको प्रमुख आतिथ्यतामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङको रहेको थियोे । मन्त्री तामाङले शुभकामना मन्तव्यका क्रममा  पञ्चकन्या र नुवाकोट जिल्लामै धेरै पर्यटक भित्र्याएर कृषि उपजहरुको व्यापारीकरण गर्नुपर्नेमा बताए ।

महोत्सव उद्घाटन सत्रमा वाग्मती प्रदेश सांसद रमेश महत, जिल्ला समन्वय समिति प्रमुख रजिन्द्र विक्रम सिंह ठकुरी, पञ्चकन्या गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङ, लिखु गाउँपालिका अध्यक्ष ध्रुव श्रेष्ठ, विभिन्न वडाका अध्यक्ष, विभिन्न दलका प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, सुरक्षाकर्मी, स्थानीय लगायतको उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्