नुवाकोट पञ्चकन्या एमाले वडा नम्बर ३ को अधिवेशन सम्पन्न



नुवाकोट,चैत २३ । नेकपा (एमाले) पञ्चकन्या गाउँपालिका वडा नम्बर ३ को दोस्रो वडा अधिबेशन सम्पन्न भएको छ ।

पार्टीका केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनाको प्रमुख उपस्थिति तथा नेकपा (एमाले) जिल्ला कमिटी अध्यक्ष एवम्  पुर्वमन्त्री बद्री मैनालीको विशेष उपस्थितिमा भेला सम्पन्न भएको हो ।

अधिवेशनले भोजराज थापा (रमण) को अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । नव निर्वाचित समितिको उपाध्यक्षमा ईश्वर श्रेष्ठ, सचिवमा निराजन थापा, उपसचिवमा लिला श्रेष्ठसहित १७ सदस्यीय कमिटी निर्माण गरिएको छ ।

शुक्रबार भएको कार्यक्रममा अन्य अतिथिहरूमा बागमती प्रदेश कमिटी सदस्य द्वय पुर्णलाल श्रेष्ठ र सरस्वती खड्का थापा,जिल्ला स्तरीय नेताहरुमा दिपक कार्की ,सुशील कुमार खड्का , केदार थापा ,पशुपति थापा, राजु पराजुली , मनिका थापा ,पालिका कमिटी अध्यक्ष रामनाथ खनाल , पालिका उपाध्यक्ष प्रत्यासी उम्मेदवार उर्मिला भण्डारी लगायतको उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्