इलाममा सुहाङ नेम्वाङलाई सघाउने माओवादीको औपचारिक निर्णय

काठमाडौं,चैत २४ । आगामी वैशाख १५ गते इलाम–२ मा हुने उपनिर्वाचनमा माओवादी केन्द्रले नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई सघाउने निर्णय गरेको छ।
माओवादी केन्द्र र एमाले दुवै पार्टीका इलाम जिल्ला संयोजकले विज्ञप्ति जारी गर्दै उक्त निर्णय गरेको जनाएका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच चुनावी तालमेल गर्ने उच्चस्तरीय समझदारी भएबमोजिम इलाम २ को उपनिर्वाचनमा एमालेका उम्मेदवार नेम्वाङलाई सघाउने निर्णय भएको विज्ञप्तिमा जनाइएको छ।