‘पोष्टबहादुर बोगटीको अभाव महसुस भइरहन्छ’



काठमाडौं,चैत २४ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वमन्त्री एवम् माओवादी केन्द्रका नेता पोष्टबहादुर बोगटीको पार्टीमा सधैँ अभाव महसुस हुने गरेको बताएका छन् ।

शनिबार बिहान पेरिसडाँडामा पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको आठौँ वार्षिक साधारण सभा तथा स्मृति दिवसमा बोल्नुहुँदै प्रधानमन्त्रीले सो कुरा बताएका हुन्  ।

कार्यक्रममा प्रधानमन्त्रीले भने, ‘‘पोष्टबहादुर बोगटी एक जना इमान्दार नेता थिए, यहाँको सम्पूर्ण जीवन त्याग र निष्ठाले भरिपूर्ण छ । उनी एक जना सहयोगी भावनाको, आफ्नो जिम्मेवारीप्रति प्रतिबद्ध, सक्षम र समन्वयकारी नेता थिए  ।’’

बोगटीको निधनपछि पार्टीमा समन्वयको अभाव महसुस हुने गरेको प्रधानमन्त्रीले स्मरण गरे । उनले भने, ‘‘अप्ठ्यारो परेको बेला उनले समन्वय गरे । पार्टीमा उनको अभाव खड्किरहन्छ ।’’

प्रतिक्रिया दिनुहोस्