दक्षिण कोरियाको भ्रमणको तयारमा छौँ : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं,चैत २४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दक्षिण कोरियाको भ्रमणको तयारीमा रहेको बताएका छन् ।

दक्षिण कोरिया र नेपालको औपचारिक सम्बन्धको ५० वर्ष पुगेको अवसरमा जुगल हिमाल आरोहण गर्ने संयुक्त टोलीको बिदाइ कार्यक्रममा आफूलाई दक्षिण कोरियाबाट भ्रमणको निम्तो आएको बताए ।

कोरिया र नेपालको सम्बन्धमा नेपालको आर्थिक विकासको निम्ति धेरै क्षेत्रमा सहयोगको अपेक्षा गरेको पनि बताए । सिन्धुपाल्चोकस्थित जुगल हिमालको पहिलो आरोहण गर्न तीन नेपाली र सात जना कोरियाली नागरिक आजै बालुवाटारबाट बिदाइ भएर जुगल हिमालतर्फ लागिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्