पोल्टी फर्मले फालेको लेदोमा डुबेर दुई बालकको मृत्यु



धनकुटा,चैत २४ । पोल्टी फर्मले फालेको लेदोमा डुबेर धनकुटामा दुई बालकको मृत्यु भएको छ। 

शनिबार धनकुटा नगरपालिका-१० पात्लेमा रहेको पोल्टी फर्मले फालेको लेदोमा डुबेर स्थानीय दुई बालकको मृत्यु भएको धनकुटा प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामसिंह चौधरीले जानकारी दिए ।

धनकुटा नगरापालिका-१० का ११ वर्षीय मनिस खतिवडा र धनकुटा ९ का १६ वर्षीय दिपेश खतिवडाको घटनास्थलमै मृत्यु भएको हो।  घटनाको थप विवरण आउन बाँकी छ।  

प्रतिक्रिया दिनुहोस्