नुवाकोटको भट्टथोक-छहरे नेवार समाजको अध्यक्षमा महेश डङोल



नुवाकोट,चैत २४ । जिल्लाको लिखु गाउँपालिका वडा नम्बर ६ को भट्टथोक-छहरे नेवार समाजको प्रथम भेला सम्पन्न भएको छ ।

शनिबार भएको प्रथम भेलाले महेश डङोलको अध्यक्षतामा कार्यसमिति समेत गठन गरेको छ ।

समितिको उपाध्यक्षमा दिनेश डङोल, सचिवमा ज्ञानकुमार डङोल, सह सचिवमा सत्यदेवी डङोल, कोषाध्यक्षमा सुषमा डङोल चयन भएका छन् ।

अन्य पदाधिकारीमा विमल डङोल, अदिप डङोल, मंगल डङोल, सन्तकुमार डङोल, बासु डङोल, बाबुलाल डङोल, सोबिता डङोल, देवकुमारी डङोल, भुवन डङोल र शान्ता डङोल रहेका छन् ।

नवगठित समितिले विभिन्न कामकाजमा सामुहिक तवरले अगाडि बढ्ने प्रतिबद्धता समेत जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्