इलाम क्षेत्र नं २ उपनिर्वाचनः एमाले र माओवादी केन्द्रका साझा उम्मेदवार सुहाङ नेम्बाङ मनोनयन दर्ता



इलाम,चैत २५ । आगामी वैशाख १५ गते हुने इलाम क्षेत्र नं २ को उपनिर्वाचनका लागि  नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को साझा उम्मेदवारका रूपमा सुहाङ नेम्बाङले मनोनयन दर्ता गरेका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार उम्मेदवारी मनोनयन दर्ता गराउनेमा  सुहाङ नेम्बाङ सहित जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ , नेपाल मजदुर किसान पार्टीका श्याम दर्जी, स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतम, पहिचानवादीका तर्फबाट डकेन्द्र सिंह थेगिम, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बु, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, नेकपा (एकीकृत समाजवादी) का जीतबहादुर राई, स्वतन्त्र उम्मेदवार मनोज निरौला र नेपाल रिपब्लिक नेशनल पार्टी (एनआरएन) का उम्मेदवार धनराज राना   रहेका छन् ।

सवै उम्मेदवारले बाँजागाँजा र झाँकीसहित निर्वाचन कार्यालयमा गइ उम्मेदवारी दर्ता गराएका थिए। 

प्रतिक्रिया दिनुहोस्