इलाम क्षेत्र नं २ उपनिर्वाचनः एनआरएनका छुट्टै उम्मेदवार, धनराज रानाले गराए उमेद्वारी दर्ता



इलाम,चैत २५ । आगामी वैशाख १५ गते हुने इलाम क्षेत्र नं २ को उपनिर्वाचनका लागि नेपाल रिपब्लिक नेशनल पार्टी (एनआरएन) का उम्मेदवार धनराज राना  उमेद्वारी दर्ता  गरेका छन् । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार राना सहित एमाले माओवादीका साझा उमेद्वार  सुहाङ नेम्बाङ,  जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ , नेपाल मजदुर किसान पार्टीका श्याम दर्जी रहेका छन् ।

त्यस्तै स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतम, पहिचानवादीका तर्फबाट डकेन्द्र सिंह थेगिम, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बु, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, नेकपा (एकीकृत समाजवादी) का जीतबहादुर राई, स्वतन्त्र उम्मेदवार मनोज निरौला रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्