इलाम क्षेत्र नं २ उपनिर्वाचनः नेपाली कांग्रेसका डम्बरबहादुर खड्काको उम्मेदवारी दर्ता



इलाम,चैत २५। आगामी वैशाख १५ गते हुने इलाम क्षेत्र नं २ को उपनिर्वाचनका लागि नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले उम्मेदवारी दर्ता गराएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार  खड्का सहित एमाले-माओवादीका साझा उमेद्वार  सुहाङ नेम्बाङ, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ , नेपाल मजदुर किसान पार्टीका श्याम दर्जीले उम्मेदवारी दिएका छन् ।

त्यस्तै स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतम, पहिचानवादीका तर्फबाट डकेन्द्र सिंह थेगिम, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बु, नेपाल रिपब्लिक नेशनल पार्टी (एनआरएन) का उम्मेदवार धनराज राना मगर, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, नेकपा (एकीकृत समाजवादी) का जीतबहादुर राई, स्वतन्त्र उम्मेदवार मनोज निरौलाले उमेद्वारी दर्ता गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्