बर्खे जोखिम घटाउन काठमाडौँ महानगरले थाल्यो विशेष सरसफाइ

काठमाडौं,चैत २५ । बर्खा याममा फोहोरका कारण सिर्जना हुन सक्ने जोखिम घटाउन काठमाडौँ महानगरपालिकाले पूर्व तयारीका रूपमा ‘विशेष सरसफाइ’थालेको प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले बताएका छन् ।
शनिवार वडा नं. २६ को ठमेल क्षेत्रमा विशेष सरसफाइ गरिएको उनले बताए ।
सफाइका क्रममा धुलो टिप्न र पानी छर्कन व्रुमरको प्रयोग गरिएको थियो । सडक पखाल्न जेट मेसिनको प्रयोग गरिएको थियो ।
यस्तै सहभागीहरुले धुलो बढार्ने, पैदल यात्रुले फालेका बस्तु टिप्ने, सतह ढल सफा गरेर माटो निकाल्नेलगायत क्रियाकलाप गरिएको महानगरले जनाएको छ ।