सुनको भाउ एकैदिन २ हजार ९०० रुपैयाँले बढ्यो, बनायो फेरि कीर्तिमानी उचाइ



काठमाडौं,चैत २५ । सुनको भाउ फेरि हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । छापावाला सुनको भाउ आज एकैदिन २ हजार ९०० रुपैयाँले महँगिएको हो ।

योसँगै आजका लागि छापावाला सुनको मूल्य १ लाख ३५ हजार ६०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हालसम्मकै उच्च हो ।

अघिल्लो दिन अर्थात् गत शुक्रबार भने प्रतितोला १ लाख ३२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुन भाउ पनि १ लाख ३४ हजार ९५० रुपैयाँ तोकिएको छ।

साताको पहिलो कारोबार दिन चाँदीको मूल्य प्रतितोला ५५ रुपैयाँले बढेको छ । आज चाँदि प्रतितोला १ हजार ६ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्