वैशाख पहिलो साता छिचोलिँदै नागढुङ्गा सुरुङमार्ग



काठमाडौं,चैत २५ । काठमाडौँको दहचोकदेखि धादिङको सिस्नेखोला जोड्ने नागढुङ्गा सुरुङमार्ग छिचोलिने (ब्रेक थ्रु) को अन्तिम चरणमा पुगेको छ । अब छिचोलिन दुई मिटर मात्र बाँकी रहेको आयोजना प्रतिनिधिले जनाएका छन् । आगामी वैशाख पहिलो साता छिचोलिने बताइएको छ । 

नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाका प्रमुख नवीनमान श्रेष्ठले सुरुङको ‘ब्रेक थ्रु’ हुन दुई मिटर मात्र बाँकी रहेको बताए । वैशाखको पहिलो हप्ता सुरुङमार्ग छिचोलिने उनले सुनाए । 

उनले भने, “सुरुङमार्ग ‘ब्रेक थ्रु’ हुन दुई मिटर मात्र बाँकी छ, सबै कुरा यथावत् रहे वैशाखको ३–४ गतेसम्म छिचोलिसक्ने  योजनामा छौँ ।” अहिले स्थानीयको अवरोध नरहेकाले काम निरन्तर भइरहेको उनको भनाइ छ । सुरुङ ‘ब्रेक थ्रु’ भए पनि सुरुङमार्गबाट गाडी गुड्न भने एक वर्ष पर्खनु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्