नुवाकोटको प्रहरी प्रमुखमा कोइराला



नुवाकोट,चैत २५ । नुवाकोटको प्रहरी प्रमुखको जिम्मा शान्तिराज कोइरालाले पाएका छन् ।

यस अघिका प्रहरी प्रमुख संजयसिंह थापालाई सुन तस्करीबारे जाँचबुझ आयोगले कारबाही गर्न सिफारिस गरेपछि उनलाई नुवाकोट प्रहरी प्रमुखको जिम्मेवारी खोस्दै हेडक्वाटर तानिएको थियो ।

उनको ठाउँमा शान्तिराज कोइरालालाई ल्याइएको हो । यसअघि कोइरालाल मधेश प्रदेश प्रहरी कार्यालय मावन स्रोत व्यवस्थापन कार्यालयमा कार्यरत रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्