सुनको भाउ महँगिने क्रम रोकिएन: आज फेरि बनायो नयाँ रेकर्ड, कतिमा हुँदैछ किनबेच ?



काठमाडौं,चैत २६ । सुनको भाउ आकासिने क्रम रोकिएको छैन । सोमबार पनि नेपाली बजारमा सुनको मूल्यले फेरी कीर्तिमानी उचाई बनाएको छ ।

आइतबार ऐतिहासिक रेकर्ड कायम गरेको सुनको भाउ आज पनि ६०० रुपैयाँले बढेको छ । योसँगै छापावाला सुनको भाउ १ लाख ३६ हजार २०० रुपैयाँ कायम भएको छ । जुन हालसम्मकै उच्च हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ भने १ लाख ३५ हजार ५५० रुपैयाँ तोकिएको छ ।

यस्तै, साताको दोस्रो कारोबार दिन चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले बढेको छ । आजका लागि चाँदीको भाउ १ हजार ६८५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ । आइतबार भने चाँदी १ हजार ६७० रुपैयाँ किनबेच भएको थियो ।

प्रतिक्रिया दिनुहोस्