आज सेयर कारोबार बन्द

काठमाडौं,चैत २६ ।आज अर्थात् चैत २६ गते सेयर बजार बन्द हुने भएको छ ।
घोडेजात्राको अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ । त्यसैले आज सेयर कारोबार नहुने भएको हो ।
आज काठमाडौं उपत्यकाको बैंक–वित्तीय संस्था र सार्वजनिक कार्यालयहरु पनि बन्द हुनेछन् । अब सेयर बजार मंगलबार खुल्नेछ ।