कृषि तथा पशुपन्छी बिकाश मन्त्रीलाई बुझायो कृषि मेशिनरी व्यवसायी संघले ज्ञापन पत्र



काठमाडौं,चैत २७ । नेपाल कृषि मेशिनरी व्यवसायी संघले कृषि तथा पशुपन्छी बिकाश मन्त्री ज्वाला कुमारी साहलाई १४ बुदें ज्ञापन पत्र  बुझाएको छ ।  सो ज्ञापनपत्र संघका अध्यक्ष कृष्ण शर्माले मन्त्रीलाई हस्तातरण गर्दे माग सम्बोधन हुनेमा बिश्वास ब्यक्त गरे । साथै नेपालको कृषि क्षेत्रको बिकाशको लागि सरकारसंग हातेमालो गर्न संघ सधैं तयार भएको बताएका थिए । 

हालसम्म कृषि यान्त्रिकरण तथा प्रविधिको प्रयोग बिना कृषिबाट अपेक्षित लाभ लिन नसक्ने भएकोले यो क्षेत्रलाई सरकारले प्राथमिकता राख्ने, बजेटमा बृद्धि हुने र आगामी दिनको निति तथा कार्यक्रममा ज्ञापनपत्रका बुँदाहरू समाबेस गर्न अनुरोध गरिएको थियो । 

सो भेटघाटमा उपाध्यक्ष सुनिता न्हेम्हाफूकी, महासचिब अर्जुन लुईटेल, कोषाध्क्षय श्रीकृष्ण अधिकारी, कार्यसमिती सदस्य शकुन्तला सुबेदी दाहाल, रोसन प्रसाद ढकाल तथा पूर्व अध्यक्ष स्वयम्भु कृष्ण श्रेष्ठको सहीतको टोली मन्त्रालय पुगेको थियो ।  टोलिले नब नियुक्त मन्त्रीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्