भारतको काश्मिरमा डुङ्गा डुब्दा छ जनाको मृत्यु, कयौँ बेपत्ता



भारत,बैशाख ४ । काश्मिरमा मङ्गलबार डुङ्गा पल्टिँदा डुङ्गामा सवार चारजना स्कुले बालबालिकासहित कम्तीमा छ जनाको मृत्यु हुनुका साथै अन्य धेरै बेपत्ता भएको अधिकारीहरूले बताएका छन् ।

अधिकारीहरूका अनुसार काश्मिरको ग्रीष्मकालीन राजधानी श्रीनगरको बाहिरी भागमा रहेको झेलम नदीमा २० जनाभन्दा बढी मानिस बोकेको डुङ्गा दुर्घटना ग्रस्त भई पल्टिएको थियो ।

एक प्रहरी अधिकारीका अनुसार मंगलबार बिहान गान्दबल क्षेत्रको झेलम नदीमा उक्त डुङ्गा पल्टिँदा नदी पार गर्न प्रयोग गरिएको डोरी अचानक खसेको थियो । दुर्घटनामा परी छ जनाको मृत्यु भएको छ भने अन्य धेरै बेपत्ता भएका छन् । दुर्घटनामा परी बाँच्न सफल भएका केही व्यक्तिहरूको उद्धारपछि अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्