नेकपा एसको महाधिवेशन असार १६ देखि हुने



काठमाडौं,बैशाख ५ । नेकपा एकीकृत समाजवादीको जेठ ३ गतेदेखि गर्ने भनिएको पार्टीको १० औं महाधिवेशनको मिति सरेको छ।

बुधबार बसेको सचिवालय बैठकले महाधिवेशन असार १६ गतेदेखि २० गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले  जानकारी दिए।

उनले आन्तरिक तयारी र व्यवस्थापनका विषयमा कतिपय काम बाँकी रहेकाले अधिवेशनको मिति सारिएको स्पष्ट पारे।यसअघि नेकपा एसले महाधिवेशन जेठ ३ गतेदेखि ७ गतेसम्म गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस्