चितवनको सिएमटी रिसोर्ट यसकारण चर्चामा



चितवन,बैशाख १४ । भरतपुर महानगरपालिका वडा नम्बर ९ स्थित हाकिमचोक नजिक हाईवेसँगै जोडिएको चितवन मिड टाउन ( सिएमटी) रिसोर्टले थ्री स्टार सुविधाको मान्यता प्राप्त गरेको छ । 

एक विगाहा क्षेत्रफलमा सञ्चालन भईरहेको सिएमटी ले नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय अन्तर्गत पर्यटन विभागबाट थ्री स्टार सरहको माध्यता प्राप्त गरेको हो । भरतपुर महानगरपालिका क्षेत्रमा थ्री स्टार मान्यता प्राप्त गर्ने यो पहिलो रिसोर्ट बनेको रिसोर्टका प्रबन्ध निर्देशक मदन घिमिरेले जानकारी दिए ।

सम्भवत् चितवनमै सबैभन्दा धेरै व्यक्तिहरूलाई एकैपटकमा सेवा दिने गरी विभिन्न पेशा, व्यवसायहरूमा सम्लग्न व्यक्तिहरूको सामुहिक लगानीमा रहेको रिसोर्टलाई पाँचजनाको बोर्ड अफ डाइरेक्टरको टिमले सञ्चालन गरिरहेको छ ।

दुई हजार जना भन्दा बढी व्यक्तिहरू अट्ने १२ हजार ३०० स्क्वायर फिटको टाउन हल, पाँचसय जना अट्ने २७९० स्क्वायर फिटको मिट हल, दुईसय जना अट्ने १हजार ८सय ८१ स्क्वायर फिटको चितवन हल, ३५० स्क्वायर फिटको कन्फेरेन्स हल र बिजनेश हलहरूबाट एकैपटकमा सेवा लिन सकिने रिसोर्टमा प्रत्यक्ष किचनको अनुभव लिई आफूलाई मन परेका खाजा, खानाको स्वाद लिने व्यवस्था समेत रहेको प्रबन्ध निर्देशक घिमिरेले बताउनु भयो । 

रिसोर्टमा अत्याधुनिक सुविधा सम्पन्न ४५ ओटा रुमको रहेका छन् । स्थानीय स्तरमा उत्पादन भएका खाद्य वस्तुहरूलाई विशेष प्राथमिकतामा राखिएको रिसोर्टमा ८५ जनाले प्रत्यक्ष र अन्य केहीले अप्रत्यक्ष रुपमा रोजगारी समेत पाइरहेका छन् । 

रिसोर्टमा यथेष्ट पार्किङ सुविधा, स्वीमिङ पुल, यथेष्ट गार्डेनको सुविधा रहेको रिसोर्टमा वाटर, लाइट र म्युजिक सहितको फाउन्टेन समेतको सुविधा रहेको छ भने अन्यत्र बास बसेका विदेशी पाहुनाहरूले ब्रेकफाष्ट, लन्च र रेष्टका लागि मुख्य गन्तव्यको रुपमा रिसोर्टबाट सेवा लिदै आईरहेका छन् । महेन्द्र राजमार्गको मुख्य हाईवेसँगै जोडिएको रिसोर्ट भरतपुर विमानस्थलबाट ५ मिनेटको दुरीमा पुग्न सकिन्छ । रिसोर्ट परिसरमा इभी (इलेक्ट्रिक भेहिकल) गाडीहरूको लागि छुट्ट चार्जिङ प्वाइन्टको समेत व्यवस्था गरिएको प्रबन्ध निर्देशक घिमिरेको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्