बझाङमा एमालेका भण्डारी विजयी



बझाङ,बैशाख १७ । बझाङमा नेकपा (एमाले) का उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका छन् । उनले २६६ मतले प्रतिस्पर्धीलाई पछि पार्दै विजयी भएका हुन् ।

भण्डारीले ११ हजार ६१२ मत प्राप्त गर्दा उनको प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ११ हजार ३४६ मत प्राप्त गरे ।  

यसैगरी माओवादी केन्द्रका उम्मेदवार जनकबहादुर बुढाले ३ हजार ८३१ मत प्राप्त गरेका छन् । सोहीअनुसार नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार दिलबहादुर सिंहले २ हजार ५१४ मत प्राप्त गरे । भण्डारी विजयी भएपछि एमालेका कार्यकर्ता तथा शुभेच्छुकले विजयी उत्सव मनाउन सुरु गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्