अप्रिलमा नेपाल आउने पर्यटक घटे



काठमाडौं,बैशाख २१ । सन् २०२४ को अप्रिलमा १ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । मार्चको तुलनामा अप्रिलमा १३ प्रतिशतले पर्यटकको आगमन घटेको छ । 

नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार अप्रिलमा १ लाख ११ हजार ३७६ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । गत मार्चमा १ लाख २८ हजार १६७ जना पर्यटक नेपाल आएका थिए ।

अप्रिलमा सबैभन्दा धेरै पर्यटक भारतबाट ३० हजार १५८ जना नेपाल आएका छन् । यस्तै अमेरिकाबाट ९ हजार ९४७ जना, चीनबाट ९ हजार ७५० जना, युनाइटेड किङडमबाट ५ हजार ३९१ जना, अष्ट्रेलियाबाट ४ हजार ११०, बङ्गलादेशबाट ४ हजार ३ जना, फ्रान्सबाट ३ हजार ७५५, जर्मनीबाट ३ हजार २७० जना, रसियाबाट २ हजार ९७७ जना र मलेसियाबाट २ हजार ३१० पर्यटक नेपाल भित्रिएका छन् ।

प्रतिक्रिया दिनुहोस्