नेविसंघको अन्तरक्रिया एवं छलफल कार्यक्रम सम्पन्न



काठमाडौं,बैशाख २२ । वाग्मती प्रदेश नेविसंघ र तरुण दलको केन्द्रिय सदस्यहरुको अन्तरक्रिया सम्पन्न भएको छ।

शनिबार राजधानीमा एक कार्यक्रम बीच अन्तरक्रिया एवम् छलफल कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा संघीय सांसद एवम् नेपाली काङ्ग्रेसका युवा नेता प्रदीप पौडेलको प्रमुख उपस्थिति रहेको थियोे ।

कार्यक्रम संयोजक पवन थापाका अनुसार अन्तरक्रियामा  वाग्मती प्रदेश नेविसंघ र तरुण दलको केन्द्रिय सदस्यहरुले विभिन्न विषयमा प्रश्न गरेका थिए । उत्पन्न शंका र द्विविधालाई युवा नेता पौडेलले जवाफ दिएको संयोजक थापाले बताए ।

कार्यक्रममा वाग्मती प्रदेश नेविसंघ र तरुण दलको केन्द्रिय सदस्य तथा विभिन्न कलेजका विद्यार्थीको बाक्लो उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्