प्रधानमन्त्री भेट्न उपेन्द्र यादवको दौडधुप



काठमाडौं,बैशाख २५ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न उपप्रधान एवं स्वास्थ्यमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष उपेन्द्र यादव बालुवाटार पुगेका छन् ।

पार्टी विभाजन पछिको परिस्थितिबारे प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्न यादव अहिले बालुवाटार पुगेका हुन ।उपप्रधानमन्त्री यादव विदेश भ्रमणमा रहेका बेला उनी नेतृत्वको जसपा आइतबार फुटेको थियो ।

भ्रमण टुङ्ग्याएर गएराति मात्र स्वदेश आइपुगेका यादवले प्रधानमन्त्रीसँग नयाँ परिस्थितिको विषयमा छलफल गर्ने बताइएको छ। आजै यादवले संसदिय दलको पनि बैठक बोलाएका छन् ।

प्रतिक्रिया दिनुहोस्