नेकपा एमाले तारकेश्वरको अध्यक्षमा बासु गौतम निर्वाचित



काठमाडौ,जेठ ८ । नेपाल कम्युनिस्ट पाटि (एमाले ) काठमाडौंको तारकेश्वर नगर कमिटिको दोस्रो अधिवेशन सम्पन्न भएको छ । शनिबारदेखि शुरु भएको अधिवेशनबाट अध्यक्षमा बासु गौतम निर्वाचित भएका छन ।

तारकेश्वर ११ स्थित नेपालटारमा भएको अधिवेशन सोमबार सम्पन्न भएको थियो । गौतमले प्रतिस्पर्धी कन्चन भट्टलाई १२ मतको अन्तरले पराजित गराएका थिए । गौतमको १०१ मत प्राप्त गरेका थिए भने कन्चन भट्टले ८९ मत प्राप्त गरेका थिए ।

त्यस्तै अधिवेशनले उपाध्यक्षमा राजु तिमिल्सनालाई निर्वाचित गरेको छ । तिमिल्सिनाले १०५ मत प्राप्त गर्दा श्याम गजुरेलले ७९ मत प्राप्त गरेका थिए । सचिवमा रबिन्द्र के.सी का प्रतिस्पर्दी बलराम सिटौलालाई पराकिलो अन्तरले बिजय भएका छन ।

के.सीले १३५ मत प्राप्त गरेका थिए भने सिटौलाले ५० मत प्राप्त गरेका थिए । लेखा समितिको अध्यक्षमा आलोक गजुरेल निर्वाचित भएका छन ।

प्रतिक्रिया दिनुहोस्