काठमाडौंमा ‘बंगाली खाना महोत्सव’



काठमाडौं,जेठ ११ । द सोल्टी काठमाडौंले ‘बंगाली खाना महोत्सव’ शुरू गरेको छ । जेठ १८ गतेसम्म सञ्चालन हुने महोत्सव बुधवार शुरू भएको हो । होटलले चौबिसै घण्टा अतिथिको सेवामा समर्पित रेष्टुराँ ‘गार्डेन टेरेस रेष्टुरेन्ट’मा बंगाली भूपरिवेश अनुकूल तथा समुदाय केन्द्रित स्वादिष्ट व्यञ्जनसहित बंगाली भोजनका परिकारको स्वादका पारखीको लागि यो महोत्सवको आयोजना गरेको बताइएको छ ।

बंगाली संस्कृति, सुमधर संगीत र अति स्वादिलो व्यञ्जनको अनुपम अनुभव लिँदै खाना, मनोरञ्जन र व्यञ्जन समृद्धको अनुपम अविस्मरणीय अनुभुति गर्न सकिने बताइएको छ । महोत्सवमा अतिथिलाई परम्परागत बंगाली पोशाकमा सजिएका परिचरबाट बंगाली संस्कृति अनुसार आतिथ्य प्रदान गर्ने बताइएको छ ।

महोत्सवको अवधिभर बुफे लञ्च र डिनरमा प्रशस्त परम्परागत बंगाली पकवान, व्यञ्जनको उत्कृष्ट स्वाद र जायकाको परिकार र भोजन चयन गर्न सकिनेछ । मनोरञ्जन र परिपूर्ण स्वादको वातावरणलाई थप रमणीय र रोमाञ्चकारी बनाउन टेराकोटाका भाँडा, परम्परागत बंगालको संस्कृति झल्किने चित्र, रंगीन कपडा लगायतका परम्परागत बंगाली सजावटले सजाइएको महोत्सव स्थलमा लाइभ बंगाली संगीतको मजा लिन सकिने होटलले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्