पुर्णिमा श्रेष्ठले गरिन् एकै सिजनमा तीन पटक सगरमाथाको सफल आरोहण



काठमाडौं,जेठ १३ । महीला पर्वतारोही पुर्णिमा श्रेष्ठले एकै सिजनमा ३ पटक सगरमाथाको आरोहण गर्दै किर्तिमानी बनाएकी छन् ।  गोरखाकी पुर्णिमा श्रेष्ठले यसअघि वैशाख ३० गते यो सिजनको पहिलो, जेठ ६ गते दोस्रोपटक  सफल आरोहण गरेकी थिइन् । 

उनले २०१८ मा पहिलो पटक सगरमाथा आरोहण गरेकी थिइन् । त्यसपछि विश्वका आठहजार मिटरभन्दा  अग्ला आठ ओटै हिमाल उनले लगातार आरोहण गरिसकेकी छन् ।

मनास्लु र सगरमाथा भने दुईपटक आरोहण गरेको उनले बताइन् । यससँगै उनले विश्वका आठहजार मिटरभन्दा अग्ला हिमालको शिखरमा १० पटक पुग्न सफल भएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्