सुर्खेतमा जीप दुर्घटना, ४ जनाको मृत्यु



सुर्खेत,जेठ १७ । सुर्खेतबाट कालिकोट जाँदै गरेको बोलेरो जीप सुर्खेतको रातानाङ्गला नजिकै दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । सुर्खेत-दैलेख खण्डको वीरेन्द्रनगर-१४ टाकुरी मोडमा बोलेरो जीप दुर्घटना भइ मृत्यु हुनेमा ३ जना कालिकोट शुभकालिका-३ का रहेका छन् भने एकजना दैलेख भैरवि गापा-४ का रहेका प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा कालिकोट शुभकालिका-३ का तन्त बिक, नमराज बिक र बिरेन्द्र बिक रहेका छन्। त्यस्तै भैरवि गापा-४ का महेन्द्र शाही रहेका जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। 

त्यस्तै दुर्घटनामा घाइते भएकाहरु कालिकोट शुभकालिका-३ का नरि बिक र कालिकोट खाडाचक्र नपा-९ पाखाका  नरेन्द्र बिष्ट(चालक) रहेका  जिल्ला प्रहरी कार्यालय सुर्खेतका सुचना अधिकारी डिएसपी बिरेन्द्रबिर बिश्वकर्माले बताए। घाइतेहरुको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ। प्रहरीका अनुसार जीप बिहीबार बिहान २ बजे दुर्घटना भएको हो।  

प्रतिक्रिया दिनुहोस्