विदुर नगरपालिकाले नेपाल र नेदरल्यान्डस्बीचको क्रिकेट खेल देखाउने



नुवाकोट,जेठ २२ । विदुर नगरपालिकाले बट्टारमा नेपाल र नेदरल्यान्डस्बीचको आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिता खेल देखाउने भएको छ । नगरपालिकाले नुवाकोट आर्दश बहुमुखी क्याम्पसको खेल मैदानमा बट्टारमा खेलको प्रत्यक्ष प्रर्दशन गर्न लागेको हो ।

अमेरिकाको प्रेरी क्रिकेट रंगशालामा हुन लागेको नेपालको खेल डिजिटल स्क्रिनमा देखाउन लागेको नगरपालिकाका मेयर राजन श्रेष्ठले जानकारी दिए ।

नेपाल सन् २०१४ पछि टि–२० विश्वकप खेल्न लागेको छ । क्रिकेटप्रेमी दर्शकलाई सहज तरिकाबाट खेल देखाउन सकियोस् भन्ने उद्देश्यले ठुलो डिसप्लेको व्यवस्था गरिएको श्रेष्ठले जानकारी दिए ।

विश्वकपमा नेपालले आज आफ्नो पहिलो खेल नेदरल्यान्डस्सँग राति ९ बजे खेल्दै छ ।

प्रतिक्रिया दिनुहोस्