भारतको प्रधानमन्त्रीका लागि मोदिको तेस्रो कार्यकाल शुरू, लिए सपथ



नयाँदिल्ली,जेठ २८। भारतीय जनता पार्टी (भाजपा)का नेता नरेन्द्र मोदीले तेस्रो पटक प्रधानमन्त्रीपदको सपथ लिएका छन् । शपथ ग्रहण का लागि मोदी राष्ट्रपति भवन पुगेका थिए । मोदीसँगै जयशंकर सहित केहि मन्त्रीले समेत सपथ लिंदैछन् । जपाका सबै गठबन्धनका मन्त्रीहरुको शपथको लागि आवहान गरिएको छ। 

लोकसभा चुनावको नतिजा आएपछि अब १८औँ लोकसभाको गठनको प्रक्रिया शुरु भएको छ । प्रधानमन्त्री र उनको मन्त्रिपरिषद्को सपथ ग्रहण समारोहमा भारतका छिमेकी राष्ट्रका नेताहरु सहभागी हुनेछन् ।

माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु, श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्घे, सेशेल्सका उपराष्ट्रपति अहमद अफिफ, मौरिससका प्रधानमन्त्री प्रविन्द कुमार जुगनाथ, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भुटानका प्रधानमन्त्री लगायतको सहभागिता रहेको छ । सपथ ग्रहण कार्यक्रममा नेताका अलावा देशका फिल्मी कलाकारको पनि उपस्थिति रहेको थियो । एजेन्सी

प्रतिक्रिया दिनुहोस्