दुरसञ्चार प्राधिकरणले रद्द गरिदियो आधा दर्जन इन्टरनेट सेवा प्रदायकको लाइसेन्स



काठमाडौं,असार २ । नेपाल दुरसञ्चार प्राधिकरणले आधा दर्जन इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र (लाइसेन्स) रद्द गरेको छ ।

प्राधिकरणले नविकरण दस्तुर नबुझाएपछि सात वटा इन्टरनेट (इमेलसहित) सेवा प्रदायकको लाइसेन्स रद्द गरेको हो ।

प्राधिकरणबाट इन्टर्नेट (इमेलसहितको ) सेवा संचालनका गर्न अनुमतिपत्र प्राप्त सेवा प्रदायकहरुले दुरसञ्चार नियमावली, २०५४ को नियम १२ बमोजिम अनुमति पत्र नवीकरण गर्न तोकिएको समयावधिमा भित्र नविकरण बापतको दस्तुर नबुझाएपछि ती कम्पनीहरुले लाइसेन्स रद्द गरिएको हो ।

प्राधिकरणका अनुसार बशिष्ठ केबल नेट प्रा.लि., इन्फो नेट टेक्नोलोजी प्रा.लि., सिम्पल इन्टेलिजेन्ट सिष्टम एण्ड टेक्नोलोजी, एसिया नेट कम्युनिकेशन, फास्ट स्पिड लिंक नेटवर्क, यस नेट नेपाल र मिथिला डिजीटल नेपालको लाइसेन्स स्वतः रद्द भएको हो ।

प्राधिकरणले यी कम्पनीहरुलाई नियामानुसारको तिर्न पर्ने रकम बुझाउन ३० दिनको समय दिएको छ ।

प्रतिक्रिया दिनुहोस्