नक्कली लाइसेन्स प्रकरणमा उपसचिव अर्यालसहित ५ जना पक्राउ



काठमाडौं,असार २ । नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्रकरणमा ५ जना पक्राउ परेका छन् ।

सरकारी कागजात कीर्ते गरेको अभियोगमा उपसचिव सहित ५ जनालाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सिआइबी) ले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा उपसचिव केशव अर्याल, शाखा अधिकृत पदमराज आचार्य, कम्प्युटर अपरेटर दिलिपकुमार शाह छन् । यस्तै, राजेश लम्साल र सुवास पौडेल पनि पक्राउ परेको सीआइबीले जनाएको छ । उनीहरुलाई काठमाडौं जिल्ला अदालतबाट म्याद थपेर थुनामा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्