काठमाडौंका मेयर बालेन ब्राजिल प्रस्थान



काठमाडौ,असार ३ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ब्राजिल प्रस्थान गरेका छन्।

असार ५ र ६ गते ब्राजिलको साओ पाउलोमा हुने मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिन उनी सोमबार बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हुँदै ब्राजिल प्रस्थान गरेका हुन्।

उनी बैठकमा सहभागी भएर असार ८ गते स्वदेश फर्कने कार्यतालिका छ।

प्रतिक्रिया दिनुहोस्