उपचारका लागि सहयोग गरिदिन मोहनको आग्रह



नवलपरासी,असार ३ । नवलपरासीको पाल्हीनन्दन गाउँपालिका-२ बस्ने मोहन हरिजनको परिवारले उपचार खर्चका लागि सहयोगको याचना गरेको छ। 

विगत लामो समयदेखि बिरामी भई उपचार गराउँदा गराउँदै आर्थिक रकम अभाव भएकाले परिवारजनले सहयोगको आग्रह गरेको हो। पाल्हिनन्दन घर भई हाल रामग्राम नगरपालिका–१ गंगापथमा बसेर मजदुरी गर्दै आएका मनोजको प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ। सुगर र प्रेसरका कारण आँखाको ज्योति आंशिक गुमाएका मनोजलाई अहिले टाउकोमा समस्या देखिएको मनोजकी श्रीमती लक्ष्मी हरिजनले बताइन्। 

टाउकोमा रगत जमेको र अप्रेसन गराउन काठमाडौं लैजान चिकित्सकहरूले सुझाव दिएका छन्। घरको अवस्था नाजुक भएको र रकम अभावका कारण काठमाडौं लैजान नसकिएको भन्दै लक्ष्मीले आफ्ना श्रीमानको ज्यान बचाउनका लागि आर्थिक सहयोग गरिदिनुहुन अनुरोध गरेकी हुन्।

प्रतिक्रिया दिनुहोस्