रास्वपा नुवाकोटले दोस्रो स्थापना दिवस मनाउँदै

नुवाकोट,असार ३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोटले दोस्रो स्थापना दिवसको अवसरमा साताव्यापी कार्यक्रमहरु आयोजना गर्दै मनाउने तयारी गरेको छ ।
सोमबार विदुरमा पत्रकार सम्मेलन गर्दै पार्टी अध्यक्ष रामेश्वर गजुरेलले पार्टी स्थापना दिवसको अवसरमा नुवाकोट जिल्लामा रक्तदान, वृक्षारोपण, सरसफाई, शुभकामना आदानप्रदान, चियापान तथा अन्य विविध कार्यक्रम आयोजना गरिने जानकारी दिए । रास्वपाले असार १ गतेदेखी असार ७ गतेसम्म विभिन्न कार्यक्रम आयोजना गरी नुवाकोट जिल्लाले पनि वार्षिकोत्सव मनाउने पार्टी अध्यक्ष गजुरेलले जानकारी दिए ।
यसै अवसरमा नुवाकोट जिल्लाले असार ५ गते विदुर नगरपालिकाको हावाघरमा रक्तदान तथा विभिन्न ठाउँमा सरसफाइ गर्ने जनाएको छ।