नुवाकोटमा रुम टु रिड र रुडेक नेपालको साक्षरता तालिम सम्पन्न
नुवाकोट,मंसिर १९ । नुवाकोटमा रुम टु रिड र रुडेक नेपालको साक्षरता तालिम सम्पन्न भएको छ ।
आइतबारदेखि बट्टारमा रुम टु रिड र रुडेक नेपालको प्राविधिक सहयोग तथा विभिन्न गाउँपालिकाको सहयोगमा तालिम सम्पन्न भएको हो ।
तालिममा ककनी, लिखु, तादी, पञ्चकन्या र विदुर नगरपालिकाका विभिन्न विद्यालयका २५ जना शिक्षकको सहभागिता रहेको थियोे ।
तालिममा कक्षा २ नेपाली भाषा पुस्तक भाग २ विषय शिक्षणका लागि नमूना अभ्यास तथा कक्षा शिक्षणमा आइपर्ने विविध समस्या समाधानका लागि आवश्यक छलफल गरिएको थियोे ।
तालिममा रुम टु रिडका वरिष्ठ प्रशिक्षक ओमकुमार श्रेष्ठ र रुडेक नेपालका फुर्कु घलेले प्रशिक्षण दिएका थिए । बुधबार भएको समापन समारोहमा रुडेक नेपालका कार्यकारी निर्देशक साधुराम सापकोटाले तालिम पश्चात् शिक्षकमा बहुआयामिक शिक्षण पद्धतिको विकास भएको बताए ।