नुवाकोटको थान्सिङमा टिफर र विद्युतीय गाडी ठोक्किएर दुर्घटना
नुवाकोट,असोज २७ । नुवाकोटको लिखु गाउँपालिका–६ थान्सिङस्थित दोबाटेमा टिफर र विद्युतीय गाडी एकआपसमा ठोक्किँदा केही यात्रु सामान्य घाइते भएका छन्।
काठमाडौंबाट त्रिशूली हुँदै रसुवातर्फ जाँदै गरेको बागमती प्रदेश ०६००१ ज ०२४१ नम्बरको विद्युतीय गाडी र छहरे क्रसरतर्फ जाँदै गरेको बागमती प्रदेश ०१००४ क ५२३८ नम्बरको टिफर एकआपसमा ठोक्किएर दुर्घटना भएको हो।
विद्युतीय गाडीमा नौ जना यात्रु सवार रहेको र दुर्घटनामा केही यात्रुलाई सामान्य चोट लागेको छहरे अस्थायी प्रहरी पोस्टले जनाएको छ।
दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

