सुन तोलामा २ हजार २०० र चाँदी ६० रुपैयाँले घट्यो
काठमाडौं, असोज २७। स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्य घटेको छ। मंगलबार छापावाल सुनको मूल्य प्रतितोला २ हजार २०० रुपैयाँ र चाँदीको मूल्य ६० रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला ४ हजार ३५५ रुपैयाँ कायम भएको छ।
सोमबार छापावाल सुन प्रतितोला २ लाख ९४ हजार ४०० रुपैयाँ र चाँदी प्रतितोला ४ हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो।

