जनकपुरको लगातार तेस्रो जित



काठमाडौ,मंसिर २० । जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार तेस्रो जित निकालेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा बिहीबार भएको खेलमा जनकपुरले पोखरा पोखरा एभेन्जर्सलाई सात विकेटले हरायो । 

यसअघि उद्घाटन खेलमा जनकपुरले विराटनगर किंग्सलाई र दोस्रो खेलमा कर्णाली याक्सलाई समान आठ विकेटले हरायो । पाखराको यो लगातार दोस्रो हार हो । पोखरा यसअघि आफ्नो पहिलो खेलमा चितवन राइनोजसँग ८७ रनले पराजित भएको थियो । 

जितका लागि एक सय ३९ रनको सामान्य लक्ष्य पछ्याएको जनकपुरले १७.१ ओभरका तीन विकेटको क्षतिमा एक सय ४३ रन जोड्दै लक्ष्य पूरा गरेको हो । 

.जनकपुरका लागि श्रीलङ्कन खेलाडी लाहिरु मिलान्थाले ४५ रन बनाए । लयमा रहनुभएका मिलान्थाले ३२ बलमा आठ चौकाको सहयोगमा उक्त रन बनाएका हुन् ।

यस्तै जेम्स निसमले अविजित ४० रन बनाए । उनले २० बलमा ६ छक्काको सहयोगमा उक्त रन बनाएका हुन्  । आशिफ शेखले ३३ र हर्ष थाकेरले अविजित १३ रन बनाए ।बलिङमा पोखराका विपिन खत्री, मिचेल लिस्क र कुशल भुर्तेलले एक एक विकेट लिए । 

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरका सात विकेटको क्षतिमा एक सय ३८ रन बनायो ।

पोखराका लागि मार्कस क्रिच्ट्लीले सर्वाधिक ३५ रन बनाए । यस्तै माइल लक्सले २५, ओपनर आन्द्रेयस गोसले २०, रेमन रेफरले १७, दिलिप नाथले ११ र दीनेश खरेलले १० रन बनाए ।  

ले २५ बलिङमा जनकपुरका ललित राजवंशीले तीन विकेट लिए । जेम्स निसमले दुई तथा मोहमद निसम र किशोर महतोले एक विकेट लिए । आजै  हुने दोस्रो खेलमा काठमाडौँ गुर्खाज र सुदूरपश्चिम रोयल्सबिच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्