नुवाकोटको लिखुमा कार दुर्घटना हुँदा ४ जना घाइते

नुवाकोट,मंसिर २३ । जिल्लाको लिखु गाउँपालिका वडा नम्बर ५ मा फोर्ट गाडी दुर्घटना भएको छ ।
लिखु गाउँपालिका ५ भेडाचौरबाट सदरमुकाम विदुरतर्फ गइरहेको बा ११ च ७५८१ नम्बरको कार दुर्घटनामा ४ जना घाइते भएका छन् ।
घाइते हुनेमा कार चालक लिखु ५ का शिवराम गौतम र उनकी श्रीमती अन्जु गौतम रहेका छन् । आइतबार दिउँसो भएको सो दुर्घटनाका अन्य घाइते गौतम परिवारको आफन्त रहेको छहरे स्थित अस्थायी प्रहरी पोस्टले जनाएको छ ।
घाइतेको उपचारार्थ काठमाडौ तर्फ पठाइएको प्रहरीको भनाइ छ ।