रास्वपाको कार्यवाहक सभापतिमा अर्याल
काठमाडौं,पुस ८ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्यालले प्रदान गरिएको छ । रास्वपाको सोमबार बसेको सचिवालय बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी अर्याललाई दिने निर्णय भएको जनाइएको छ ।
कास्की प्रहरीले सम्पत्ति शुद्धीकरण ऐनअनुसार पार्टी सभापति रवि लामिछानेको सांसद पद निलम्बन गर्न संसद सचिवालयमा पत्र पठाएपछि रास्वपाले कार्यवाहक सभापति तोकेको हो । सभापति लामिछानेले हालसम्म कसैलाई पनि कावा सभापति दिएका थिएनन् ।
यस्तै बैठकले अदालतको कानुनी प्रक्रियालाई सघाउने निर्णय समेत गरेको छ । सभापति रवि लामिछानेको सांसद पद निलम्बनमा परेको छ ।लामिछानेको विषयमा आजबाट थुनछेक बहस सुरु भएको छ ।