दुप्चेश्वर मेलाको भेटी खर्च कटाएर पाँच लाख बचत



नुवाकोट,पुस ९ । जिल्लाको प्रसिद्ध धार्मिकस्थल दुप्चेश्वर मन्दिरमा यस वर्ष लागेको मेलामा भक्तजनले चढाएको भेटी बचत भएको छ। दुप्चेश्वर विकास कोषका अनुसार यसवर्ष मेलाको विभिन्न खर्च कटाएर पाँच लाख रुपैयाँ बचत भएको हो । 

दुप्चेश्वर गाउँपालिका–६ रामतीस्थित ठुलो पहरामा रहेको दुप्चेश्वर महादेव मन्दिरमा साताव्यापी रुपमा लागेको मेलामा आठ लाख ६४ हजार दुई सय १२ रुपैयाँ भेटी संकलन भएको थियो। जसमा तीन लाख ६५ हजार एकसय ४१ रुपैयाँ खर्च भएको कोषले जनाएको छ।

कोषले मेस सन्चलानका लागि १ लाख एकसय ३५, प्रचारप्रसार सामग्रीका लागि ३१ हजार आठ सय १०,यातायात (सुरक्षाकर्मी ल्याउने/लाने र मेला ब्यबस्थापन ढुवानीका लागि ३६ हजार  ३६ हजार, अस्थायी शौचालय निर्माण र अन्य सामग्रीका लागि ३७ हजार चार सय ८६ खर्च भएको जनाएको छ ।

त्यस्तै डिजेल/पेट्रोलका लागि ४ हजार छ सय ५०,प्रचारप्रसार(एफएम,टीभी अन्य रास्ट्रि दैनिक/अनलाइन) का लागि तीस हजार, स्वयंसेवक सुरक्षा भत्ता १ लाख तीन हजार, पानी,फ्रुटी रेडक्रस,चप्पल,कपडा ११ हजार नौ सय ८०, ट्राफिक खाना/खाजा १० हजार गरि कुल ३ लाख पैसट्ठी हजार एक सय ४१ खर्च भएको दुप्चेश्वर विकास कोषका कोषाध्यक्ष राजकुमार श्रेष्ठले बताए।

प्रतिक्रिया दिनुहोस्