भारतका पूर्वप्रधानमन्त्री डा. सिंहको निधन



काठमाडौ,पुस १२ । भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भएको छ ।

बिहीबार साँझ बेहोस भएपछि दिल्लीस्थित एम्स अस्पतालमा भर्ना भएका डा. सिंहको स्थानीय समय अनुसार राति ९ बजेर ५१ मिनेटमा निधन भएको अस्पतालले मेडिकल बुलेटिन जारी गरी सिंहको निधन भएको पुष्टि गरेको छ ।  

सन् १९३२ सेप्टेम्बर २६ मा पन्जाब प्रान्तको एक गाउँमा जन्मनुभएका डा. सिंह कांग्रेस आईबाट सन् २००४ देखि २०१४ सम्म दुई कार्यकालका लागि लगातार भारतको प्रधानमन्त्री बनेका थिए । उनी भारतको अर्थ सुधारक वित्तमन्त्रीका रूपमा समेत चिनिन्थे ।  

प्रतिक्रिया दिनुहोस्