चौध हजार विद्यार्थी दीक्षित
काठमाडौं,पुस १३ । त्रिभुवन विश्वविद्यालयको ५०औं दीक्षान्त समारोहमा १४ हजार विद्यार्थी सहभागी भएका छन् ।
शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा स्वर्ण महोत्सवका रुपमा त्रिविले सो संख्यामा विद्यार्थी दीक्षित गरेको हो ।
यस पटक दीक्षित हुन योग्य विद्यार्थी (उत्तीर्ण विद्यार्थी) संख्या ७४ हजार ४५ भए पनि १४ हजार ३०७ विद्यार्थी मात्र दीक्षान्त समारोहमा सहभागी भएका छन् ।
गत वर्ष त्रिपुरेश्वर रंगशालामै भएको समारोहमा १२ हजार विद्यार्थी दीक्षित भएका थिए ।