घ्याङस्वाँराको वनभोजमा काङ्ग्रेस नेता महतले गरे २०८४ मा नुवाकोटबाट चुनाव लड्ने घोषणा



नुवाकोट,पुस १४ । नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वमन्त्री प्रकाशशरण महतले आगामी २०८४ सालको चुनाव नुवाकोटबाट लड्ने घोषणा गरेका छन् । 

माओवादी केन्द्र नेतृत्वको स्थानीय सरकारले बनाएको जिल्लाकै प्रसिद्ध पर्यटकीयस्थल पञ्चकन्या-४ घ्याङस्वाँरामा शनिबार नेपाल तरुण दलले आयोजना गरेको वनभोज कार्यक्रममा नेता महतले उक्त घोषणा गरेका हुन् । उनले भने, ‘म ०८४ सालको चुनाव यहीं (नुवाकोट) बाटै लड्छु ।’

कार्यक्रममा नेताहरु किरण पौडेल, जिल्ला सभापति रमेश महत, केदारनरसिंह केसी, माधवप्रसाद खनाललगायत नेता तथा कार्यकर्ताको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्