नुवाकोट शिवपुरीको कालिकादेवी मावि मा उत्प्रेरणा प्रशिक्षण कार्यक्रम सम्पन्न (भिडियो)

नुवाकोट,माघ ५ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ६ गुर्जेमा अवस्थित कालिकादेवी माध्यमिक विद्यालयमा उत्प्रेरणा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
शुक्रबारदेखि शुरु भएको उत्प्रेरणा प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भएको हो । कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक र विद्यार्थीलाई उत्प्रेरणा प्रशिक्षण हरिश वलीले प्रशिक्षण दिएका थिए ।
प्रशिक्षण समापन कार्यक्रममा शिवपुरी गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष बिष्णु श्रेष्ठ, वडा सदस्य कमल तामाङ, समाजसेवी श्याम लामा, विद्यालयका प्रधानाध्यापक कृष्णकुमार श्रेष्ठ, विद्यालय ब्यवस्थापन समिति पदाधिकारीको सहभागिता रहेको थियोे ।