प्रेस सेन्टर मकवानपुर अध्यक्षमा शर्मा

हेटौंडा,माघ १३ । प्रेस सेन्टर नेपालको मकवानपुर समन्वय शाखाको अध्यक्षमा यमप्रसाद शर्मा पौडेल (एमपि) निर्विरोध निर्वाचित भएका छन् ।
शनिबार हेटौँडामा भएको सेन्टरको छैठौं जिल्ला अधिवेशनबाट शर्माको नेतृत्वमा नयाँ कार्यसमिति निर्माण भएको हो ।
शाखाको उपाध्यक्षहरुमा अशोकसुजन श्रेष्ठ, नवराज वाईबा, सचिवमा अनिल पराजुली, कोषाध्यक्षमा राजेश थापा (गरिब) र सहसचिवद्वयमा जमुना थिङ, सुरेश बल चयन भएका छन् ।
कार्यसमिति सदस्यहरुमा विवेक सिन्तान, केदार ढकाल, सुमित विश्वकर्मा, सिता कोइराला, राजकुमार स्याङ्बो, युवराज बिमली र आशिष बल चयन भएको बताइएको छ ।