रसुवाकी तामाङको शव ठमेलको एक होटलमा फेला

नुवाकोट,माघ १३ । काठमाडौंको ठमेलस्थित एक होटलमा २१ वर्षीया युवतीको शव फेला परेको छ ।
काठमाडौं महानगरपालिका–२६ स्थित ड्रङ्किङ्ग ईन गेष्ट हाउसको कोठा नम्बर २०२ मा शव फेला परेको प्रहरीले जनाएको छ । रसुवा तातोपानी घर भएकी २१ वर्षीया समिरा तामाङको शव फेला परेको हो । उनी सोही होटलमा बसेकी थिइन् ।
यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको काठमाडौं प्रहरी परिसरकी प्रवक्ता डीएसपी पूर्णिमा चन्दले जानकारी दिइन् ।